अदालत भन्छ- सम्बन्धविच्छेद, रामकृष्ण भन्छन्- सँगै छाैँ ! ओराली लागेको हरिणको चाल भो…

२०७६ पुष १०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडाैँ – ‘अरुले जेसुकै भनुन्, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन… !’

माथिकाे स्टाटस गायक रामकृष्ण ढकालले बुधबार बेलुकातिर लेखेका छन् । दिउँसाेदेखि नै उनकाे सम्बन्ध वि च्छेदका खबर आइरहेका थिए । ढकालले आफ्नो आधिकारिक फेसबुक पेजमा सम्बन्ध वि च्छेदका खबरमाथिकाे खण्डन गरेझैँ स्टाटस लेखेपछि साे सम्बन्ध वि च्छेदमाथि उनकै फ्यानहरुले शंका र प्रश्न उठाएका छन् ।

काठमाडौँ जिल्ला अदालतले गायक ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध वि च्छेद गर्ने सहमति अर्थात ‘मिलापत्र’ भएको भनी पुष्टि गरिसकेको थियाे । बुधबार यो खबर एकाएक भा इ रल भएसँगै गायक ढकालका धेरै फ्यानलाई स्तब्ध तुल्याएको थियो ।

तर स्वयं ढकालले भने फेसबुकमा लेखेको स्टाटस भावनात्मक मात्रै हो कि भन्ने आशंका जन्माएको छ र सो स्टाटसमा कतिपयले त ‘गाएर हिट हुन नसकेपछि चर्चामा आउन यस्ता नाटक गरेको’ भनेर पनि कमेन्ट गरेका छन् । यद्यपि धेरैले भने ढकालकाे स्टाटसमा सहानुभूति दर्शाएका छन् । (हेर्नुहाेस् स्टाटस)

के छ मु द्दाकाे विवरणमा ?

काठमाडौँ जिल्ला अदालतको दैनिक पेशी सूची हेर्दा रामकृष्ण र निलमको सम्वन्ध वि च्छेद भएको पुष्टि हुन्छ । निलम शाहले ८ पुस (मंगलबार) दर्ता गराएको मु द्दामा रामकृष्ण ढकाललाई प्रतिवादी बनाएको देखिन्छ । उनको मु द्दाको दर्ता नम्बर ०७६-CP-३१८८ हो । (हेर्नुहोस् चित्र)

मु द्दाकाे स्थित ‘फै स ला’ भइसकेकाे छ । जसमा ‘मिलापत्र’ भनिएको छ । यो भनेको सम्बन्ध वि च्छेद गर्ने सहमति नै रहेको कानुनी भाषाका जानकारहरु बताउँछन् । यदि सम्बन्ध वि च्छेद गर्नुपर्ने जरुरी नभए मु द्दा अदालतसम्म पुग्ने थिएन होला र यसरी फै स ला भइसक्ने पनि थिएन । तर रामकृष्ण आफैँले भने यसको पु ष्टि गरेका छैनन् । बरु उनले राखेको स्टाटसले उनकै फ्यानहरुलाई भ्र मि त बनाएको छ । स्टाटससँगै उनले पत्नी निलमसँगको फोटो ‘लभ’ सिम्बोल राखेका छन् ।

उनको स्टाटसले दुइटा अर्थ दिएको छ । पहिलाे, कानुनी रुपमा अलग भए पनि उनीहरु भावनात्मक रुपमा निकट नै छन्, याे स्वाभाविक पनि हुन सक्छ । भावनात्मक सम्बन्ध अदालतकाे फै स लासँगै छिन्न सकिँदैन । र, रामकृष्ण ऋ णमा डु बे का ढकालसँग कुनै पनि अं श लिन नचाहेको निलमले मु द्दामै खुलाएकी छन् । अर्को, कुनै ख ट प ट वा आ वेशका कारण निलमले मु द्दा दर्ता गराएको हुन सक्ने तर अन्तिममा मिलापत्र गरेर एउटा सम्झौतामा पुगेको हुनसक्ने अनुमान पनि गरिएका छन् ।

तर अदालती भाषा अनुसार भने उनीहरु सम्बन्ध वि च्छेद गर्न सहमत भएको नै बुझिन्छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाकाे एकल इजलासले बुधबार दिउँसो उनीहरुको मु द्दामा फै स ला दिइसकेको छ ।

मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ । साेही संहिताकाे दफा ९३, ९६ अनुसार उनीहरूकाे मु द्दा टुंगिएकाे देखिन्छ ।

ढकालका दु:ख

ओराली लागेको हरिणको चाल भो
बाचुन्जेलसम्म पनि म´रे´कै हाल भो
छ´ल गर्यो मायाले भन्ने गीत पनि छ…

केही समयअघि गायक ढकाल ढकाल एउटा सहकारीकाे ‘ऋ ण-पा साे’मा परेकाे खबर आयाे । ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट उनले र उनले पत्नी नीलमले गरी करिब ५ कराेड ऋ ण लिएका रहेछन् तर साे ऋ ण तिर्न नसक्दा उनकाे सम्पत्ति नै लि ला म बिक्री हुने सूचना सहकारीले निकालेकाे थियाे । पछिल्लाे समय सहकारीले आफ्नो घर लि ला म गरेर ऋ ण असुल गरिसकेको ढकालले नै बताउँदै आएका छन् ।

घर खरिद गर्नका लागि लिएकाे साे ऋणकाे च र्काे ब्याजसहित साँवा तिर्न नसक्दा उनकाे घर नै लि ला म हुने अवस्थामा पुगेकाे बताइन्छ । यसरी ऋ णले थलिएका उनीमाथि धेरैकाे नजरमा प्रंशसनीय देखिने १७ वर्षे दाम्पत्य जीवनकाे पनि अन्तिम विन्दू आएपछि अहिले उनैले गाएकाे माथिकाे गीतझैँ ओराली लागेको हरिणको चाल भएकाे छ ।

१७ वर्षअघि २०५९ सालमा निलमसँग ढकालले ‘प्रेम विवाह’ गरेका थिए । कुनै सांगीतिक कार्यक्रमकै दौरान निलमसँग उनकाे भेट पछि, साे भेटकाे पुनरावृत्ति हुँदै ढकाल प्रेममा परेका थिए । त्यसयता ‘उदाहरणीय जोडी’ का रुपमा कहलिएकाे उनकाे एकाएक डि भाे र्सकाे खबर बाहिरँदा धेरैले अचम्म समेत मानेका छन् । सायद पत्नीले डि भाे र्स दिएसँगै ढकाललाई उनैले गाएकाे याे अर्काे गीतले झस्काउँदाे हाे-

बचन तो डे कसम नि तो डे,
सत्य सत्य ढाँ ट्दि न भन्नेले,
अन्तै माया साटेर गइन्
तिमी बिना बाच्दिन भन्नेले….

+++

माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचा-बन्धन पनि देखियो…

धेरै चर्चित गीतका गायक र गायनबाटै थुप्रै फ्यान कमाए ढकालकाे जन्म विसं २०३१ सालमा बारा जिल्लामा भएकाे हाे । हाल उनी काठमाडाैँमै बस्दै आएका छन् । हाल उनकी एक छाेरी छन् । सम्बन्ध वि च्छेदपछि छाेरीकाे जिम्मेवारी भने निलमले नै पाउने सहमति भएको बताइएकाे छ । न्युज २४ नेपालका साथमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार