१७ सदस्यीय क्यान नेतृत्वका लागि २९ जनाकाे उम्मेद्वारी दर्ता

२०७६ आश्विन ११, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) पदाधिकारीका लागि निर्वाचन आज सुरु भएकाे छ । १७ सदस्यीय क्यान नेतृत्वका लागि २९ जनाकाे उम्मेद्वारी दर्ता भएकाे छ ।

क्यानकाे अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा विनयराज पाण्डे र चतुर बहादुर चन्द आआफ्नाे प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।

क्यानकाे उपाध्यक्ष पदमा राजुबाबु श्रेष्ठ र मिङ्मा डान्डु शेर्पाले उम्मेदवारी दिएका छन् । साथै महासचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनाली, कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

६ जना पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्विराेध हुनेमा प्रदेश- २ बाट दाउद अन्सारी मोहम्मद, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल र कर्णाली प्रदेशबाट पदमबहादुर खड्का तथा सुदूरपश्चिम प्रदेशबाट भने विक्रम विष्ट रहेका छन् । उनीहरु सबै एक मात्र उम्मेदवारी भएकाले निर्विराेध चयन भएका हुन् । यसैगरी महिला सदस्यमा पनि एक जनाको मात्र उम्मेदवारी परेकाले जयन्ती भट्ट निर्विरोध भएकी चयन भएकी हुन् ।

प्रदेश १ काे सदस्यमा भने लाक्पा लामा र कैलाश विष्ट तथा प्रदेश ३ सदस्यमा अमितवीर पाण्डे र कैलाश प्रधानको उम्मेद्वारी परेको छ ।

खुला सदस्यमा ११ जनाले उम्मेदवारी दिएका छन् । जसमा अर्जुन पौडेल, वीरेन्द्र बहादुर चन्द, धिरेन्द्र साउद, दुर्गाराज पाठक,जगत बहादुर टमटा, करन महोत्रा छेत्री, माधव कुमार कर्माचार्य, नरेश राणा, पवन कुमार अग्रवाल, प्रफुल्ल बैद्य र संजय राज सिंह रहेका छन् ।

काठमाडौंमा अवस्थित म्यारिएट होटलमा दिउँसो १ बजे सुरु भएकाे मतदान ५९ जनाले मतदान गर्दैछन् । निर्वाचनको नतिजा घोषणा ३:४५ देखि ४ बजेसम्म गरिने कार्य तालिका क्यानले सार्वजनिक गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार