sajalsandesh

निजगढ विमानस्थल नबने फास्ट ट्याकको महत्व हुँदैन : मन्त्री भट्टराई

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल पार्न सक्रिय रुपमा लागि पर्न आग्रह गरेका छन् । बुधबार राजधानीमा महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा बोल्दै मन्त्री भट्टराईले उपत्यका ५/६ बजेनै सुनसान हुने बताउँदै रातको समयमा पनि सक्रिय भएर लागि पर्न आग्रह गरेका हुन् ।

उनले भ्रमण वर्षमा उपत्यकाका मठ–मन्दिरलाई बत्ती बालेर उज्यालो बनाउन आग्रह गरे । ‘काठमाडौं ५/६ बजेनै सुनसान हुन्छ, यसरी भंमण वर्ष सफल पार्न पकिँदैन । मठ मन्दिरमा बत्ती बाल्नुस्, रात्रीकालिन गतिविधिहरु सुरु गर्नुस्,’ उनले भने ।

उनले भ्रमण वर्षलाई सफल पार्न सांस्कृतिक सम्पदा जोड्ने ठाँउलगायत उपत्यकाका पर्यटक जोडिने ठाउँमा यातायातका सवारी चलाउन सम्पूर्ण चालकलाई आग्रह गरे । फास्ट ट्याक र निजगढ विमानस्थल एक–आपसमा जोडिएको बताउँदै मन्त्री भट्टराईले निजगढ विमानस्थलको विकल्प नभएको पनि बताए ।

ismt college
dish home