sajalsandesh

रुखमा झु ण्डि एको अवस्थामा बे वारिसे श व फेला

धनगढी -कैलालीको एक जंगलमा बेवारिसे श व फेला परेको छ । गोदावरी नगरपालिका– १२, रातापानी सामुदायिक वनमा झु ण्डि एको अवस्थामा श व भेटिएको प्रहरीले जनाएको छ ।

पहेँलो रङको बाटिएको डोरीले नाम थर, वतन खुल्न नआएको अन्दाजी ४०/४५ वर्षको जस्तो देखिने व्यक्तिकाे सडेको अवस्थामा श व फेला परेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

चिन्न नसकिने अवस्थामा रहेको श व, पाँच फिट छ इन्च उचाइमा रहेको, माथिल्लो शरीरमा कालो बुट्टेदार टि–सर्ट र तल्लो शरीरमा कालो हाफ पाइन्ट, बायाँ हातको साहिँली औंलामा चाँदीको जस्तो देखिने औंठी, कालो रङको गलबन्दी, कालो चुच्चे टोप लगाएको पाइएको जानकारी दिए ।

सोही स्थाननजिकै माटो लागेको खैरो रङको झोला, कालो रंगको एक जोर चप्पल, खैरो रङको जिन्स पाइन्ट, रक्सीको बोतलसमेत फेला परेको उनले जानकारी दिए । बेवारिसे श व अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएकोे छ ।

ismt college
dish home