अब छैन भुकम्पको डर, सिन्धुपाल्चोकका माझीले पाए चिटिक्कका घर

२०७६ पुष ९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सिन्धुपाल्चोक – चौतारा साँगचोकगढी नगरपालिका १४ झ्याँडीका ५३ घरका माझी समुदाय नयाँ र चिटिक्कको घरमा बस्न थालेका छन् । पाँच बर्ष टिन र त्रिपालको छानामूनि बसेका उनीहरु सुन्दर घरमा बस्न थालेपछि हर्षको सीमा नै छैन ।

भूकम्पपछि टिनको छानामूनि बिताएका बर्षा, जाडो, बाढीपहिरो बिर्सन नसकेपनि नयाँ घरमा बस्न थालेपछि उनीहरुले उक्त काहिलो लाग्दो दिनहरु भूलेका छन् ।

टाढाबाटै सो एकीकृत बस्तीलाई नियाल्ने जो कोही बस्तीको मनमोहक दृश्यले लठिन पुग्छ । बस्तीमा नै गए लहरै बनेका चिटिक्क र सुन्दर घरहरुले मन नै लोभ्याउने गर्दछ ।

रातो कलेजी र मधुर सेतो रङले पोतिएका सुन्दर तीन कोठे भूइतले घर लाइनबद्ध भएको दृश्य देख्दा लाग्छ कि सो बस्ती फिल्म निमार्णमा छाँयाकन दृश्यका लागि बनाइएको हो ।

ग्रामीण सडकको माथिल्लो भागमा निमार्ण भएका सुन्दर घरमा बस्न थालेपछि उनीहरुको जीवनशैलीमा परिर्वतन आएको छ ।

एकीकृत माझी बस्तीका टोल सुधार समितिका सल्लाहकार सदस्य दिनेश माझीले जानकारी दिनु भए अनुसार २८ रोपनी जग्गामा प्रत्येक घर तीन आना क्षेत्रफलमा तीन कोठा र एक शौचालय भएको निमार्ण गरिएको छ ।

बस्तीको बीच भागमा सडक निमार्ण भइरहेको छ । बस्तीको मजबुतीको लागि रिटनिङ पर्खाल लगाउन थालिएको छ ।

तीन किलोमिटरको दुरीमा पर्ने पाटीखोलाको दुई मुहानबाट बस्तीमा खानेपानी ल्याइएको छ । सबै घरका छतमा पानी टयाङकी राखिएको छ । पानीको ब्यबस्था भएपछि बस्ती सरसफाईयुक्त छ । सबै घरमा सेप्टीटयाङकी, ढल निकासा, रछ्यानका पानी बग्ने ढलको पनि ब्यबस्था मिलाइएको छ ।

बस्तीमा रहेका सबै माझी समुदायका बालाबलिका हुरुरु बिद्यालय जादाँका दृश्य मन बहलाउने खालको देखिन्छ । सो बस्तीमा नै अघिल्लातिर झमेला आधारभूत बिद्यालय छ ।

चिल्ड्रेन पार्क, सामुदायिक भवन, स्वास्थ चौकी निमार्ण चरणमा छन् । भूकम्पले तहसनहस बनाएको माझी बस्तीको मौलिकता हराए पनि भूकम्पप्रतिरोधात्मक र बलिया घर बनेका छन् ।

बलिया घरमा सुरक्षित जीवनयापन गर्न पाँउदा खुशी लागेको मैया माझी बताउनु हुन्छ ।

स्थानीय दिपक माझीले उक्त घरहरु माझी बस्तीका सबैले आ आपनो लगानीमा निमार्ण गरेको बताउनु भयो । भूकम्प लााभगा्रहीमा समेटिए पछि पाएका तीन लाख अनुदानमाथि चार लाख ऋण थपेर माझीहरुले सात लाख लागतमा उक्त घर निमार्ण गरेका हुन । ती मध्य २९ वटा घरले लक्ष्मी बैंक चौतारा शाखाबाट कर्जा लिएका छन् ।

बाँकी घरले लोन लिन प्रक्रियामा रहेका छन् । बैंकमा माझीहरुले मासिक सात हजार किस्ता तिदै आएका छन् । उनीहरु सबै मिलेर आफै कामदार भएर एकअर्काको घर बनाएका हुन ।

सोही काम गरे बापत पाएको रकमबाट बैंकमा किस्ता तिदै आएका छन् । तर आउने समयमा किस्ता कसरी तिर्ने भन्ने उनीहरु पिरोल्निे थालेका छन् ।

शुरुमा सो एकीकृत बस्ती निमार्णका लागि नायिका श्वेता खड्काले दिवंगत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा अभियान शुरु गर्नु भएको थियो । श्वेताश्री फाउण्डेशन मार्फत सो बस्तीलाई नमूना बस्ती निमार्ण गर्ने घोषण गरिएको थियो । उक्त बस्ती २०६४ जेठ १५ गतेबाट निमार्ण शुरु गरिएको थियो । फाउण्डेशनको सो बस्तीमा ६३ लाख रकम परेको छ ।

सो रकम चालु पुँजी अन्र्तगत खर्च भएपनि केही समयपछि फिर्ता गर्ने सहमती भएको फाउण्डेशनका निराजन थापाले बताउनु भएको छ । सो रकम बस्ती निमार्ण गर्ने उपभोक्ता समितिले परिचालन गदै आएको छ । श्वेताश्री फाउण्डेशनको अगुवाई, पुननिमार्ण प्राधिकरणको साझेदारी र भ्याडी टोलसुधार समितिको सहकार्यमा सो एकीकृत बस्ती निमार्ण भएको हो ।

सडक निमार्णको लागि सरकारले १ करोड ३० लाख रकम दिएको छ । सो रकमबाट सडक निमार्ण भइरहेको छ ।

चौतारा साँगचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले झ्याँडीका माझी बस्तीका समुदायलाई नगरपालिकाले आयआर्जन र सीपमूलक कार्यक्रम मार्फत आत्मानिर्भर बनाउने योजना सुनाउनु भयो ।

सो बस्तीलाई शिक्षा, स्वास्थ लगायतको बिकासले सम्पन्न पार्ने अभियानमा नगरपालिका लागेको छ मेयर तामाङले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार