sajalsandesh

कांग्रेस नेतृत्वलाई भण्डारीको प्रश्न-तपाईहरु नेविसंघ कै राजनीतिबाट स्थापित हुनु भएको होईन र?

काठमाडौ – मोरङ रतुवामाइ ६ निवासी बिकास भण्डारी नेपाल विद्यार्थी संघ मार्फत आफ्नो राजनीतिक करियर अघि सारिरहेका छ्न । काठमाडौं गाेल्डेन गेट कलेजमा फिजिक्समा एम.ए.सि गरिरहेका यि युवा नेता विद्यार्थी कै सुख दुखमा भेटिन्छ्न ।

राजनीतिलाइ आफ्नो जिवन जिउने शैली ठान्ने बिकास युवा हरु बाट सकारात्मक परिबर्तन देख्छ्न । तर अबसर जिम्मेवारी पनि दिनु पर्छ ।

बिद्यार्थी आन्दोलन बाट उदाएका उनि सहि लाइ सहि र गलत तागत राख्छ्न ।

दमक बहुमुखी क्यापसबाट आफ्नो राजनिती यात्रा सुरु गरेका बिकास नेविसंघकै संगठन मलजल गर्न मै मव्यस्त छन् ।

कांग्रेस उत्पादन गर्ने संगठनको रुपमा चिनिएको नेविसंघलाई बलियो बनाउन बिकासको योगदान अविस्मरणिय रहेको उनका समकक्षीहरु बताउछन् ।

सामान्यतया कांग्रेसको छोराछोरी नेविसंघ बन्ने परम्परालाई जिवन्तता दिदै गैर कांग्रसका छोराछोरीहरुलाई समेत प्रजातान्त्रिक समाजवादमा गोलबद्ध गराउन उनि सफल बन्दै आएका छन् ।

कसैको आशिर्वाद बिना राजनीती गर्न सकिदैन भन्ने मान्यतालाई उनी ठाडै नकारी दिन्छन । उनको भनाईमा राजनीती गर्न कसैको आशिर्वाद भन्दा साथ र सहयोगको आवश्यक रहेको हुन्छ ।

विद्यार्थी राजनितीमा मात्र होईन,उनि मातृपार्टी नेपाली कांग्रेसमा समेत स्थायी कार्यकर्ता बनेर काम गरिरहेका छन् ।

विद्यार्थी आन्दोलनमा सक्रिय भुभिका निर्वाह गरेका भण्डारी सोहि क्रममा पटक पटक गि रफ्तारीमा समेत परे, प्रहरीको पिटाइ समेत खाए । तर उनको यात्रा अझ उर्जाशिल भएर अघि बढेको छ ।

प्रहरी या त ना समेत पटक पटक भोगेका विद्यार्थी नेता भण्डारी सत्ता र शक्तिको अाडमा कसैलाइ मनपरी गर्ने छुट नभएको बताउछ्न ।

नेपाल प्रहरीलाइ उनि नेकपा प्रहरी भन्दै नेबि संघमाथीको हस्तक्षेत तत्काल नरोकिए प्रहरी विरुद्ध आन्दोलनको तयारी थाल्ने चेतावनी दिन्छ्न ।
गुटको राजनितीबाट माथि उठेर विद्यार्थीको हकहित र अधिकारमा स्थापित गराउन बुलद्ध आवाज उठाउने बिकास कुन्दन काफ्लेलाइ आफ्नो राजनीति गुरु मान्छ्न ।

नेबि सघ महाधिवेशनको बिसयमा उनि पार्टीले अनावश्यक हस्तक्षेप गरेको बताउदै भन्छ्न, बिधान कार्यन्वन नगर्ने भए किन बिधान बनाउने ? के काङ्ग्रेसको शिर्ष नेताहरु नेबि सघकै राजनीति बाट स्थापित भएका होइन र ?

ismt college
dish home