सूर्य ग्रहणका कारण कांग्रेसको बैठक सर्‍यो

२०७६ पुष ९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पुस १० गते दिउँसो १ बजेको लागि डाकिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ।

‘भोली सुर्य ग्रहण पनि लाग्नेवाला छ, नेताहरुले छलफल अझै बाँकी रहेको बताउनु भएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य-सचिव कृष्ण पौडेलले भने, ‘बैठक अब ११ गते दिउँसो १ बजे बस्छ।’

विभाग थप गर्ने र भ्रातृ संघसंस्थाको विषयमा सहमति नहुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहि ष्कार गर्दै आइरहेको छ। पौडेल पक्षले पटक-पटक बैठक बहिष्कार गरेपछि एक हप्ता स्थगित भएको बैठक भोली दिउँसो १ बजेका लागि डाकिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार