अब सडक आगो बाल्छौ – डा. भट्टराई

२०७६ पुष ९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – संविधान संशोधनको सर्तसहित सरकारमा सहभागी समाजवादी पार्टी १७ महिनापछि सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिँदा उसले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेर एकतर्फी रूपमा दुई बुँदे सहमति भंग गरेको आरोप लगाएको छ ।

२०७५ जेठमा तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको थियो। मंगलबार बसेको समाजवादी पार्टी पदाधिकारीको बैठकले अब नैतिकताका आधारमा सरकारमा बसिरहनुको औचित्य नभएको भन्दै आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो।

अब तेस्रो ध्रुव निर्माण गर्नेतर्फ नै केन्द्रित हुन्छौं। पुस २० गतेबाट पार्टी सुदृढीकरणको अभियान सुरु हुन्छ। त्योसँगै राजपालगायत विचार मिल्ने शक्तिहरुसँगको ध्रुवीकरण प्रक्रिया अघि बढ्छ।सँगसँगै अहिले चर्चामा आएका सरकारले गरेको चरम भ्रष्टाचार, विकृति विसंगति र संविधान संशोधन, शासकीय स्वरुप, पहिचानसहितको संघीयता, नामाङ्कन–सीमाङ्कन सहितको संरचना, निर्वाचन प्रणाली, नारगरिकतालगायतका विषयहरुलाई लिएर जनअभियानमा जान्छौं।

मतलब, अब सडक र सदनमा संघर्ष गर्नुहुन्छ?
हो, अब संघर्ष गर्छौं। हामी सरकारमा भएको हुँदा केही प्राविधिक कठिनाइहरु थिए। अब सडक, सदन र जनता बीचमा आफ्ना कुराहरु लिएर जान्छौं। पार्टी सुदृढीकरण र विस्तार अभियान सँगसँगै गतिविधि तीव्र बनाएर लैजान्छौं।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार