sajalsandesh

भोलि सार्वजनिक विदा

काठमाडौं – सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।

विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।

क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।

ismt college
dish home