sajalsandesh

‘हेलो नेपाल प्रहरी ! म बिहे गर्दिनँ’

स्याङ्जा – १४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरध न्दा गरिन्। गृहकार्य सकिन्। रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे। त्यहाँ विशेष चहलपहल थियो।

उनलाई मनमनै जिज्ञासा उ ठ्योे, किन यति धेरै मानिस भेला भएका ? मलाई किन यहाँ ल्याइयो ? केहीबेरमा थाहा पाइन्– त्यहाँ उनको बिहे हुँदै छ। न उमेर पुगेको थियो न त उनलाई बिहे गर्न मन थियो। उनी उम्कन सक्ने अवस्थामा थिइनन्।

बिलखबन्दमा परिन् केहीबे र। कक्षा ९ मा सँगै पढ्ने साथीसँग सहयोग लिइन्। प्रहरीलाई १०० नम्बरमा फोन गरेर आफैंले पनि खबर गरिन्। प्रहरी टोली तत्काल बिहे हुन लागेको घरमा पुग्यो। उनको बिहे रोकियो। झु क्याएर बिहे गराउन खोज्ने आफन्तलाई प्रहरी निय न्त्रणमा लियो।

स्याङ्जाको हरिनास गाउँपालिका–६ की किशोरीले भोगेको घ टना हो यो। सानैमा आमाको नि धन भएपछि बुवाले अर्की ल्याए। उनी हजुरआमासँग बस्दै आएकी थिइन्। हजुरआमालाई फस्ल्याङफुस्लुङ पारेर आफन्तले सोही गाउँका २७ वर्षीय सन्तबहादुरसँग उनको बिहे गरिदिन लागेका थिए।

सन्तबहादुरले ती किशोरीलाई पुस ४ गते आफ्नै घरमा ल्याएर विवाह गर्ने तयारी गरेका थिए। उनी रोजगारीका लागि केही वर्षयता भारतमा बस्दै आएका छन्। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

ismt college
dish home