sajalsandesh

स्थानीय तहको सबै तथ्यांक ह्याक, सीआईबीले थाल्यो अनुसन्धान

काठमान्डौ – महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक ह्याक भएको छ । मंसिर १२ गतेदेखि ४ पुससम्मका सबै तथ्यांक ह्याकरको कप्जामा परेको हो ।

महालेखा नियन्त्रककाे कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा रहेको तथ्यांक ह्याकर समूहका कारण नष्ट भएको छ ।

यस प्रणालीमा स्थानीय तहका सबै हरहिसाबदेखि बजेटसमेत राखिएको हुने गर्छ । ह्याकर समूहले तथ्यांक ह्याक गरेपछि १२ मंसिरदेखि ४ पुससम्मको तथ्यांक फेरि इन्ट्री गर्नुपर्ने भएको महालेखाको विज्ञप्तिमा भनिएको छ ।

जसको कारण स्थानीय तहका लेखा कर्मचारीको सरुवासमेत प्रभावित भएको महालेखाले जनाएको छ ।

सीआईबीले थाल्यो अनुसन्धान

महालेखाको स्थानीय तथ्यांक संचित कोष व्यवस्थापन प्रणाली (सूत्र) ह्याक भएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ ।

स्थानीय संचित कोषको तथ्यांक ह्याक भएको निवेदन महालेखाले सीआईबीलाई दिएपछि ५ पुसदेखि नै ह्याक भएको बारे सीआईबीले अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।

‘के उद्देश्यले ह्याकर समूहले तथ्यांक ह्याक गरे त्यो अनुसन्धानकै क्रममा छ, हाम्रो प्राविधिक टोलीले अनुसन्धान गर्दै छ,’ एसपी पाण्डेले भने ।

सीआईबीका अनुसार महालेखा नियन्त्रकको तथ्यांक संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) कमजोर भएका कारण सजिलै ह्याकर समूहको कब्जामा परेको अनुमान गरेको छ । शिलापत्रबाट

ismt college
dish home