सभामुखमा सुवासचन्द्र नेम्बाङ पक्का-पक्की !

२०७६ पुष ७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार सभामुख–उपसभामुखका उम्मेदवार छनोटबारे छलफल भएको छ । आइतबार नेकपाको स्थायी समिति बैठक सकिएसँगै सभामुख तथा उपभामुख कसलाई बनाउने भन्नेबारे छलफल सुरु भएको हो ।

संसद सचिवालयले यही ११ पुसमा सभामुख–उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ । त्यसका लागि पनि सभामुख र उपसभामुखमा कसलाई अगाडि सार्ने भन्ने विषयमा अध्यक्षद्वयबीच छलफल भएको छ ।

दलहरुको सहमतिमै सोही दिन सभामुख–उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयले तयारी गरेको छ ।

यता नेकपाले सभामुखमा उम्मेदवारी दिनुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्नेछ । तर, उपसभामुख शिवमायाले कुनै आधिकारिक निर्णय गरेकी छैनन् । तर, अबको सभामुख सुवास नेम्वाङ हुने पक्कापक्की रहेको जनाइएको छ ।

दुई अध्यक्षबीच नेम्बाङलाई नै सभामुख बनाउनेमा समहत भएको नेकपाका एक नेताले बताए । नेकपाले यसअघि शिवमायालाई राजीनामा गराउने र नेकपाकै अर्का नेतालाई सभामुख बनाउने योजना बनाउँदै आएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच सोमबार यही योजनाबारे छलफल गरे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब दुई घण्टाको छलफलमा सभामुख र उपसभामुख चयनबारे लगभग सहमति भएको जनाइएको छ ।

सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, हाल उपसभामुख रहेकी शिवमाया तुम्वाङ्फे र नेता अग्नि सापकोटाको नाम अगाडि आएको छ ।

प्रधानमन्त्री ओलीले सभामुखका लागि नेम्वाङलाई अगाडि सारेका छन् । अर्का अध्यक्ष दाहालले नेता अग्नि सापकोटालाई जिम्मेवारी दिन चाहेका छन् । तर, उनले प्रधानमन्त्री ओलीको प्रस्तावलाई समेत मान्ने भएका छन् । त्यसैले पनि अबको सभामुख नेम्बाङ नै हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार