sajalsandesh

सानदार जित निकाल्दै युभेन्टसलाई पछी पार्यो इन्टरले, उक्लियो शीर्ष स्थानमा

एजेन्सी – शनिबार राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । उक्त खेलमा जेनोआलाई हराउदै इन्टर मिलान इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको हो । उक्त खेलमा इन्टर मिलानले जेनोआलाई ४–० गोलले पराजित गर्न सफल भयो ।

उक्त खेलको ३१औं मिनेटमा इन्टरका रोमेलु लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछी खेलको ३२औं मिनेटमा रोबर्टो गाग्लीर्डीनीले गोल गर्दै टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछी खेलको ६४औं मिनेटमा सेबास्टिनो इस्पोसिटोले गोल गरे ।

उनले पेनाल्टी मार्फत गोल गरेका हुन् । त्यसपछी खेलको ७१औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानलाई जित दिलाए । जितसँगै इन्टर मिलानले साविकको विजेता युभेन्टसलाई उछिनेको छ । इन्टरले १७ खेलबाट ४२ अंक बनाएको छ ।

ismt college
dish home