sajalsandesh

एनएमबि बैंकको बित्तीय साक्षरता तथा एक घर एक खाता अभियान सम्पन्न

झापा – एनएमबि बैंकको बित्तीय साक्षरता अभियान अन्तर्गत आज प्रदेश नं. १ कार्यालयको आयोजनामा झापाको दमक नगरपालिकामा बित्तिय साक्षरता, बित्तीय परामर्श, महिला उद्यमि कर्जा तथा अन्य कर्जा सम्बन्धि जानकारी तथा बचत गर्ने बानीको विकास गरौ भन्ने नाराका साथ एक–घर–एक खाता घरदैलो कार्यक्रम सम्पन्न गरको छ ।बैंकको प्रदेश नं. १ कार्यालयले प्रदेश एक भित्रका विभिन्न शाखाहरुको सहभागितामा दमकका सबै वडामा कार्यक्रम गरेको हो ।

घरदैलो कार्यक्रम अन्तर्गत २००० भन्दा बढी व्याक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी वित्तीय सचेतना, ५०० वटा बचत खाता संकलन र १८० जनालाई विभिन्न किसिमका कर्जाहरुको बारेमा जानकारी गराइएको कार्यक्रमका संयोजक प्रकाश निरौलाले जानकारी दिएका छन् ।

त्यसैगरी यस्ता कार्यक्रमहरु प्रदेश अन्तरगत अन्य विभिन्न स्थानहरुमा समेत नियमितरुपमा सञ्चालन गरीने प्रदेश नं. १ प्रमूख उत्सव घिमिरेले जानकारी दिएका छन् ।

अभियानले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तीय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास बैंकले लिएको छ।

ismt college
dish home