लिम्पियाधुरा र भारतबारे प्रचण्डले गरे ग म्भीर खुलासा, अब के होला ?

२०७६ पुष ५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा र भारतबारे ग म्भीर खुलासा गरेका छन् । पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् ।

बैठकमा बोल्दै प्रचण्डले नेपाली भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक टिप्पणी पठाएर अनेक प्रयास गर्दा पनि सरकारको कुरामा भारतले वास्ता नै नगरेको बताएका छन् ।

प्रचण्डले अनेक कोशिस गर्दा पनि भारतले बेवास्ता गरेको, सरकारको कुरा नै नसुनेको गुनासो समेत गरेका थिए । बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले महाकालीको मुहान लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको दाबीसहित भारत सरकारलाई जानकारी गराए पनि रेस्पोन्स नगरेको ब्रिफिङ गरेका हुन् ।

“नेपाल–भारत सीमा समस्याबारे हामीले पटकपटक ध्यानाकर्षण गराएका छौं । भारतको भ्रमणमा गएका बेला पनि यस विषयमा जानकारी गराएका छौं । पहलै नगरेको भने होइन । पुरानै समस्या भएकाले भारतले खासै चासो देखाएको छैन । तै पनि हामीसँग यथेष्ट प्रमाण छन् ।

त्यतिबेला जनगणना गर्ने हाकिमहरू पनि जीवितै भएकाले हाम्रो दाबी पुग्छ । त्यतिबेला तिरो तिरेको रसिद प्रमाण पनि हामीसँग सुरक्षित छन् । अर्को, यस विषयमा राष्ट्रिय सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार