बंगलादेशले किन्ने भयाे माथिल्लो कर्णालीकाे ५०० मेगावाट बिजुली

२०७६ पुष ५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैँ – बंगलादेश सरकारको सार्वजनिक खरिद समितिले माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफाको अध्यक्षतामा बसेको समितिको बैठकले बिजुली खरिद गर्ने प्रस्ताव पारित गरेको हो ।

नौ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माण गर्ने जिम्मा जिएमआरले पाएको छ । जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडका आयोजना प्र्रमुख केके शर्माले अबको पाँच साताभित्रै लेटर अफ इन्टेन्ड अर्थात् एलओआई जारी हुने छ ।

अब जिएमआर र बंगलादेश पावर डेभलपमेन्ट र्बोडकीत विद्युत खरिदविक्री गर्ने बाटो खुलेको छ । कम्पनीले माथिल्लो कर्णालीबाट उत्पादन हुनेमध्ये ५०० मेगावाट बिजुली बंगलादेश र २९२ मेगावाट भारतीय कम्पनी एमभिभिएनलाई विक्री गर्नेछ । बाँकी एक सय आठ मेगावाट नेपाल सरकारलाई निशुल्क उपलब्ध गराउनेछ ।

जिएमआरले आयोजनाको २७ प्रतिशत शेयर नेपाल विद्युत प्राधिकरणलाई दिनेछ । यो आयोजनाका सन् २०२० भित्र मुआब्जा, साइट क्लियरलगायतका काम सकेर २०२१ देखि निर्माण थालिनेछ र पाँच वर्षभित्रै सकिनेछ ।

आयोजनाबाट उत्पादित बिजुली ४ सय केभीको ९९ किलोमिटर प्रशारण लाइन निर्माण गरेर भारत तथा बंगलादेश निर्यात गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार