sajalsandesh

मन्त्रीहरुको विचलनले प्रधानमन्त्री हैरान ! माधव प्रचण्डप्रति नरम

काठमाडौं – सत्तारुढ दल नेकपाका मन्त्रीहरुमा बढेको सांस्कृति विचलन प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ठूलो टाउको दुखाईको विषय बनेको कुरा अनौठो लाग्न सक्छ ।

तर, आफ्नै क्याविनेटका हर्ताकर्ता भनिएका नेताहरुकै एक पछि अर्को गर्दै यौन विचलनका कम्प्लेन बारम्बार सुन्नुपर्ने अवस्थामा प्रधानमन्त्री ओली रहेको बालुवाटार निकट स्रोतले बताएको छ ।

सभामुख कृष्णबहादुर महराको यौन काण्ड लगत्तै अर्का एक मन्त्री पनि पक्राउ पर्ने अवस्थाबाट गुज्रिएका रहेछन् । पूर्व माओवादी खेमाका तीन मन्त्रीले एक जना पूर्व माओवादी महिला कार्यकर्तामाथि गर्दै आएको यौन दुव्र्यवहारको कुरा प्रचण्ड हुँदै बालुवाटार पुगेको रहेछ ।

ती महिला पुलिसमा समेत पुगिसकेको अवस्थामा उनलाई फर्काएर थामथुम पारी ती शत्तिशाली मन्त्रीलाई अर्को महरा बन्नबाट प्रधानमन्त्री ओलीले नै जोगाईदिएको उच्च स्रोतको दाबी रहेको छ ।

प्रधानमन्त्री ओलीले अब आइन्दा यो कुरा दोहोरिए महराका हालत हुने चेतावनी दिएको समेत बुझिएको छ । सोही विषयलाई लिएर ती मन्त्रीलाई हटाउन पनि खोजिएको रहेछ ।

तर, प्रचण्डको जोडबलमा एक पटकका लागि भनेर थमौती गरिएको स्रोतको भनाइ छ । अर्का पूर्व एमालेबाटै मन्त्री भएका उपल्लो दर्जाका मन्त्रीको त झण्डै पद नै चैट भइसकेको रहेछ ।

युवा संघकी महिला कार्यकर्तादेखि म्यानपावर सञ्चालिका र टेलिभिजनकी संवाददाता महिलासँग अवैध सम्बन्ध राख्ने गरेका ती वरिष्ठको सबैभन्दा चर्को आलोचना बालुवाटारमा अहिले पनि हुने गरेको बताइन्छ ।

ती वरिष्ठलाई हटाएर वामदेव गौतमलाई उनको जिम्मेवारी दिनसम्मको तयारीमा प्रधानमन्त्री ओली पुगे पनि पार्टी भित्रको शक्ति सन्तुलनका कारण उनी बच्दै आएको स्रोतको भनाइ छ ।

अर्कोतर्फ वामदेव गौतमले मन्त्रीमा भन्दा प्रधानमन्त्री नै बन्न सकिन्छ कि भन्ने च्याँखे दाउ खेलिरहेकाले पनि ती मन्त्रीको पद जोगिइरहेको विश्लेषण पनि गरिएको छ । त्यस्तै अर्का चल्तापुर्जा मन्त्रीको पनि अवैध यौन सम्बन्धको कम्प्लेन बालुवाटार पुगेको बताइन्छ ।

ज्यादै निर्दोष अनुहार र कसैलाई नबिझाउने गरी बोल्ने बानी भएका हसिला फरासिला लाग्ने ती मन्त्री एउटा चल्तीको अनलाईन मिडियामा आबद्ध एक जना महिला रिपोर्टससँग मन्त्रालयमै ती मन्त्री फेला परेको चर्चा समेत माथिल्लो तहमा हुने गरेको छ ।

त्यसपछि ती रिपोर्टरलाई ती मन्त्रीको मन्त्रालय र निवासमा प्रवेश निषेध गरिएको बुझिएको छ । आदर्श बनेर देखाउनु पर्ने मन्त्रीहरुकै यौन प्रकरण छुयालब्याल भए पनि सरकार र पार्टीका ईज्जत बचाउने नाममा घटनाहरु गुपचुप पार्ने गरिएको छ ।

माधव प्रचण्डप्रति नरम
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गुटहरु मौलाईरहेको अध्यक्ष प्रचण्ड स्वयंले स्वीकार्नु भएको छ । प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्नु भएको प्रतिवेदनमा सो कुरा स्वीकार्नु भएको हो ।

प्रचण्डले पार्टीमा गुटबन्दी बढेको बताइरहँदा पार्टी भित्रकै माधव नेपाल पक्ष भने आफ्नो गुटलाई मजबुत कसरी बनाउन सकिन्छ भनेर तयारी गरिरहेको बुझिएको छ ।

स्रोतका अनुसार माधव कुमार नेपाल पक्ष यतिबेला प्रचण्डलाई साथ दिने र केपी ओलीलाई असहयोग गर्ने रणनीतिमा छन्, नेपालीपत्रमा उल्लेख छ ।

जस अन्तर्गत प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गर्न सहयोग गर्ने तर ओली निकट महासचिव विष्णु पौडेलले पेश गर्ने संगठनात्मक प्रतिवेदनमा असहमति जनाउने र एक व्यक्ति एक पदको मुद्दालाई विशेष रुपमा उठाउने तयारीमा रहेको बुझिएको छ ।

ismt college
dish home