चितवनका एसपी दानबहादुर सरुवा, एसपी गंगा पन्त आउने

२०७६ पुष ५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज (शुक्रबार) मल्लसहित २४ जना एसपीको सरुवा गरेका हुन् ।एसपी मल्लको ठाउँमा महिला प्रहरी उपरीक्षक गंगा पन्त आउने भएकी छिन् ।

एसपी दान बहादुर मल्ल चितवन आएको एक वर्ष पनि भएको छैन ।एसपी मल्ल महानगरिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठ्माण्डौ सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार