हेर्नुस पुस ६ देखि १२ गतेसम्मको साप्ताहिक राशिफल

Read more . . .

२०७६ पुष ५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मेष- शुरुमा काममा वाधा आउनेछ, स्वास्थ्यमा समस्या हुनेछ । मध्यमा आम्दानीको स्तर बढ्नाले पुराना काम पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनुका साथै विरोधी पक्षको भय हट्नेछ । मुद्दामामिलामा राहत मिल्ने एवम् कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्ने, पारिवारिक भेटघाट रहने एवम् वैवाहिक प्रसंग आउनेछ ।

वृष- यात्राको अवसर मिल्नेछ, घरायसी कुरामा विवाद आउनेछ । सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गा जमीनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ । साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशीयाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा भने घरबाहिर रहनुपर्ने एवम् खेलकुदमा प्रगति हुनेछ ।

मिथुन- खेलकुदमा जीत हुनेछ । काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवम् मनमुटावको योग देखिन्छ । सामान्य चोटपटक एवम् पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने धनसम्पति बढ्ने, सुख सुविधामा मन जाने एवम् सवारी सुखको योग रहेको छ ।

कर्कट- व्यापारमा बढीलाभ हुनेछ ।भोजभतेरमा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवम् यात्राको मजा मिल्नेछ । साताको अन्त्यमा भने साथीसँग वैमनस्यता, शारीरिक कष्ट एवम् अनावश्यक खर्चले समस्या आउनेछ ।

सिंह- पारिवारिक किचलो हुनेछ, चिन्ता बढ्नेछ । प्रेममा प्रगति एवम् भोगविलासमा खर्च हुनेछ । जग्गा जमीनबाट फाइदा एवम् नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने यात्राको सुख मिल्ने, दाजुभाइबाट सहयोग पाइने एवम् सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ ।

कन्या- दाजुभाइबाट सहयोग मिल्नेछ । अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् पेटको समस्या हुनेछ । साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा फाइदा एवम् भोजनको सुख मिल्नेछ ।

तुला- धनको सुख बढ्नेछ, कारोबारमा आर्थिक लाभ मिल्नेछ । पशुचौपाया एवम् कृषिबाट आम्दानी मिल्नेछ । स्त्रिपक्षबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा खर्च बढ्ने, अनावश्यक वादविवाद हुने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट हुने, नयाँ सरसामान प्राप्ति हुने योग रहेको छ ।

वृश्चिक- साथिभाइसँग रमाइलोमा खर्च बढ्नेछ । राजनितिक पहुँच बढ्नेछ । बोली बचनले विवाद आउनेछ । रोजगारीमा भने प्रगति देखिन्छ । व्यापारमा प्रशस्त आम्दानी हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम् अचानक खर्च हुनेछ । साताको अन्त्यमा भने विदेशको काममा खर्च हुने, मनोरञ्जनमा संलग्न भइने एवम् अनावश्यक पैसा व्यय हुनेछ ।

धनु- सरसामान हराउन सक्नेछ । अनावश्यक तनाव आउनेछ, काममा ढिलासुस्ती एवम् शारीरिक आलस्यता बढ्नेछ । धर्मकर्ममा रुचि जाने एवम् विदेशबाट मिठो खबर आउनेछ । ठुलाबडा व्यक्तिको सहयोग एवम् साथले काममा सहजता मिल्नेछ । साताको अन्त्यमा भने, आर्थिक भार कम हुने एवम् आँटेको काममा लाभ मिल्नेछ ।

मकर- कृषिबाट फाइदा हुनेछ । स्वास्थ्यले भने समस्या दिनेछ । पारिवारिक वैमनस्यता बढ्नाले काममा रुचि घट्नेछ । साताको मध्यमा भने वैदेशिक योग बन्ने एवम् अधुरा काममा राहत मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्ने तथा सरसहयोगमा समय जानेछ । साताको अन्त्यमा भने काममा जस मिल्ने एवम् पदोन्नती तथा राम्रो अवसरको प्रस्ताव आउनेछ ।

कुम्भ- राजनीतिमा अवसर मिल्नेछ, वैवाहिक कुराले साथ पाउनेछ । साझेदारीमा फाइदा मिल्ने तथा व्यावसायिक यात्रा हुनेछ । इष्टमित्रबाट सहयोग मिल्नाले काममा सहजता हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने तथा अपजसको भागिदार भइनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, धार्मिक यात्रा हुने तथा आफ्नो योजनामा खुशीको अवस्था आउनेछ ।

मीन- धर्ममा रुचि बढ्नेछ । विदेशको काम बन्नेछ । वादविवादमा परिन सकिनेछ । घरको कामभन्दा बाहिरको जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा सुधार हुने तथा खेलकुदमा प्रगति मिल्नेछ । काममा आलोचना हुने तथा मातृपक्षको स्वास्थ्यमा गडबडी हुनेछ । व्यापारमा भने फाइदा मिल्ने तथा प्रेममा प्रगति हुनेछ । साताको अन्त्यमा भने अचानक घाटा हुने, शारीरिक अस्वस्थता बढ्ने तथा काममा रोकावट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार