महाबिर पुनलाई सहयोग गर्न इशा गुरुङले सुरु गरिन् अभियान

२०७६ पुष ४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – महान बैज्ञानिक बिचार भएका महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई लन्डनमा बस्ने समाज सेवी इशा गुरुङले सहयोग गर्ने भएकी छन् । दुखि गरिब तथा बिपतमा परेका मानव हरुलाई निरन्तर सहयोग गर्दै आएकी गुरुङले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न अभियान थालेकी हुन् ।

यस्तो छ समाजसेवी इशा गुरुङको फेसबुक स्टाटस् : नमस्कार , आज म हजुरहरू लाइ एक अपिल लिएर आएको छु ,१०/१२ बर्ष धेरै गरीब पिडित दुखी बिरामीहरूको लागी काम गरे , सहयोग गरे , सहयोग उठाए , अस्पताल भबन , स्कुल भबन ,किर्केट रन्गंशाला ,आश्रम ,मन्दिरहरू लगायत धेरै थोरै सहयोग गरे, अब हामी सबै मिलेर महाबिर पुन दाइको राष्टिय अविस्कार केन्द्र लाइ सहयोग गर्ने बेला आएको छ,

उहाको सपना हामी सबैको सपना हो , सिन्गो देशको सपना हो ,उहालाइ नचिन्ने कमै छन् , तर उहालाइ सरकार बाट आर्थिक सहयोग पाउन सकेको छैन , मान सम्मान अवार्डहरू त अन्गिन्ति पाइ सक्नु भएको छ , महाबिर पुन भन्नु हुन्छ, मलाइ अब भारी भयो कसैले अवार्डको लागी नोमिनेशन नगरिदिनु होला , अवार्डको सट्टा बरू मेरो अविस्कार केन्द्र लाइ सहयोग गरिदिनु होला या लोन दिनुहोला भन्ने आग्रह गर्नु भएको छ ,

आशा छ हजुरहरूले सकेको आर्थिक सहयोग गर्नु हुनेछ बिगतमा जसरी, सहयोग मन बाट गरिन्छ कसैलाइ कर्काप र मेसेजमा गएर माग्ने कदापि छैन हजुरहरूको स्व इच्छा हो, हजुरहरूले सहयोग गर्न चाहेमा तल राष्टिय अविस्कार केन्द्रको बैक खाता राखेको छु , सिधै तलको ख़ातामा रकम डिपोजिट गरिदिनु होला र भौचर मलाइ पठाउनु होला प्लीज, मैले बिगतमा जसरी सहयोगीमनहरूको तस्बीर सहित अपडेट गरिने छैन

मात्र हजुरहरूको सहयोग रकम र नामावली क्रमबद्ध रूपमा १/२/३/४/५ गरी अपडेट गरिने जानकारी गराउन चाहान्छु, यो सतकर्ममा जो पनि अभियान्ता बनेर या सहयोगी हात भएर हाते मालो गर्न सकिन्छ , तर एकदम इमान्दारी र पार्दाशिता सहित काम गर्नु पर्छ, कसैले महाबिर पुन दाजुको नाउमा रकम संकलन गरेर दुरूपयोग नगरियोस् भनेर खबरदारी पनि यहि पोस्ट मार्फत गराउन चाहान्छु , धन्यबाद ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार