पोखरीमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला, सनाखत हुन सकेन

२०७६ पुष ४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – झापाको कमल गाउपालिका १ स्थित राजु कटुवालको माछा पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

घोप्टो परेर पानीमा तैरिरहेको हुनाले शवको सनाखत हुन सकको छैन ।

कालो ज्याकेट, कालो पाईन्ट लगाएको शव पोखरीमा तैरिरहेको अवस्थमा देखेपछी कटुवालले प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली आएपछि मात्र शवलाई पानीबाट निकालिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार