नेकपा र राजपा सहमतिको तरंग: सरकारको समीकरण बदलिने संकेत

२०७६ पुष ४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समिकरण बदलिने सम्भावना बढेको छ ।

राष्ट्रिय सभा पनर्वाचनमा सहकार्य गर्ने नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिक समसामयिक विषयमा नियमित छलफल गर्ने तथा सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई पार्टीबीचको सहमतिसँगै संघीय सरकार र प्रदेश सरकारमा फेरबदलको संकेत देखिएको हो ।

यससँगै नेपाली राजनीतिले नयाँ मोड लिन सक्ने सम्भावनासमेत देखिएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार