काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ ।
बिहीबार न्यायाधीशहरु नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महराले गरेको पुनरावेदनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।