नेपाल आइडल सिजन–३ आजदेखि सुरु हुँदै, रिमा नहुने

२०७६ पुष ३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – एपी वान टेलिभिजनबाट प्रसारण हुने सिंङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ आजदेखि सुरू हुँदैछ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेको आयोजकले आजबाट प्रशारण सुरू गर्न लागेको हो ।

यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् । यो सिजनमा रिमा विश्वकर्मा भने हुने छैनन् । उनले यसअघिका दुई सिजनमा होस्ट गरेकी थिइन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको बताइएको छ ।

कार्यक्रम राति ८ः३० बजे प्रशारण हुने छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार