sajalsandesh

सकारात्मक वस्तुको खोजी गर्न मिडियाको अहम भूमिका हुन आवश्यक : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकरात्कम वस्तुको खोजी र खेती गर्ने बिषयमा होडबाजी भइरहेको बताएछन् ।

आज विराटनगरमा नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय अधिवेशनको उद्घाटन गदै मुख्यमन्त्री राई संघीयतालाई संस्थगत गदै समाज परिवर्तनका लागि सकारात्मक वस्तुको खोजी र खेतीगर्न कुरामा मिडियाको अहम भूमिका हुन आवशयक रहेको बताए ।

उनले भने, ‘समाजमा अहिलसम्म पनि असाध्यै नकरात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ, ‘हामी राम्रा कुरा बुझेर पनि बुझे जस्तो गर्दैनौ, देखेर पनि देखे जस्तो गर्दैनौ, कसरी नकरात्मक कुरालाई हाइलाइट गर्ने भन्ने सोचको ट्रेन समाजमा अहिलेपनि छ । यो मानसिकता र प्रवृतिबाट हामी रुपान्तरित भएर सकारात्कमताको खोजीमा जुट्न आवश्यक छ ।’

ismt college
dish home