आफ्नाे लागी धेरै अवसर प्राप्त गर्ने तरिका यस्ता छन् !

तपाइलाइ अवसर कति बेला आयाे र गयाे पत्ताे हुँदैन । तपाइकाे हरेक दिन तनाव र एकाेहाेराे रूटिनमा बितिरहेकाे हुन्छ ।

२०७६ आश्विन १०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हामी सबै अवसरकाे पर्खाइमा हुन्छाैँ । तर यत्तिकै बसेर अवसर आउँदैन । त्यसकाे लागी आफैले प्रयास गर्नुपर्छ । एउटा काममा अत्यन्तै व्यस्त रहनु भयाे भने तपाइलाइ अवसर कति बेला आयाे र गयाे पत्ताे हुँदैन । तपाइकाे हरेक दिन तनाव र एकाेहाेराे रूटिनमा बितिरहेकाे हुन्छ ।

त्यसैले आफ्नाे लागी समय निकाल्नुहाेस् । दिमाग फ्रेस बनाउनुहाेस् । रचनात्मक कराहरू साेच्नुहाेस् । भेटघाट, कार्यक्रममा सहभागीता आदिकाे लागी समय मिलानुहाेस् । सानै भएपनि काम पाउनुभयाे भने इमान्दारी पुर्वक काम गर्नुहाेस् । जब तपाइले काम गरेर अरूप्रति विश्वास दिलाउन सक्नुहुन्छ, तब त्यही नै तपाइकाे लागी अवसरहरू सिर्जना हुन थाल्छन् ।

र, त्यही काममा नै तपाइले आफ्नाे करियर देख्नुभएकाे छ भने सुरूवातमा पैसालाइ भन्दा कामलाइ बढी महत्व दिनुहाेस् । त्यसपछी तपाइले अरू अवसर पाउँदै जानुहुन्छ र आम्दानी पनि बढ्दै जान्छ । आफुले काम गर्ने क्षेत्रका मानिसहरूसँग चिनजान गर्नुहाेस् । ती मानिसहरूसँगकाे भेटमा आफ्नाे विचार राख्रे गर्नुहाेस् ।

आफ्नाे क्षेत्रमा काम गर्दै गरेका आफ्नाे उमेरका व्याक्तिलाइ साथी बनाउनुहाेस् । यसले गर्दा आफ्नाे कामकाे क्षेत्रका नयाँ अवसरहरूकाबारे जानकारी पाउन सक्नुहुन्छ । तपाइलाइ कसैले केही अवसर दियाे या आफ्नाे काममा कुनै पनि सहयाेग गर्याे भने उसलाइ भन्यवाद दिनुहाेस् ।

उसलाइ धन्यवाद पत्रकाे रूपमा एमेल गर्न सक्नुहुन्छ या भेटेर धन्यवाद स्वरूप केही दिन सक्नुहुन्छ । यसाे गर्दा तपाइकाे सम्बन्ध बनि रहन्छ । तपाइलाइ अवसर दिएकाे व्याक्तिमा पनि तपाइ प्रति सकारात्मक धारणा बन्छ । जसले गर्दा तपाइलाइ अरू अवसर मिल्ने सम्भावना रहन्छ र तपाइकाे नेटवर्क पनि पनि बिस्तार हुन्छ ।

अपडेट रहनुहाेस् । पत्रपत्रिका पढ्नुहाेस् । आफुले काम गर्ने क्षेत्रमा आइरहेका नयाँ-नयाँ कुराहरू खाज्नुहाेस् । त्यस्तै, हरेक दिन पढ्नुहाेस् । आफ्नाे रूचिका पुस्तकहरू सँकलन गर्नुहाेस् र हरेक दिन केही न केही पढ्नुहाेस् । सामाजिक सँजाल प्रयाेग गर्नुहुन्छ भने त्यहाँ फाेटाे भन्दा बढी आफ्नाे काम र विचारहरूकाे बारेमा पाेस्ट गर्नुहाेस् ।

त्यहाँ तपाइकाे साथी मध्यबाट नै कुनै अवसर आउन सक्छ। तपाइ सम्पुर्ण कुरा जानेकाे कहिल्यै पनि बन्न सक्नुहुन्र । समय अनुसार काममा, काम गर्ने तरिकामा, मानिसहरूकाे विचारमा, बजारकाे मागमा सबैकुरामा परिवर्तन भइरहेकाे हुन्छ । त्याे परिवर्तन अनुसार आफुलाइ हिडाउनुपर्छ । हरेक दिन केही कुरा सिक्नुपर्छ ।

अरूकाे नक्कल नगर्नुहाेस् । अरूकाे नक्कल गर्दा सुरूमा त तपाइ राम्राे देखिन पनि सक्नुहुन्छ, तर त्यसले तपाइ प्रति मानिसहरूकाे नकारात्मक धारणा बन्र सक्छ । त्यसैले सिर्जनात्मक बन्रुहाेस् । आफुले गरी रहेकाे काममा तपाइकाे आफ्नाे क्षयमता, साेचलाइ पनि देखाउनुहाेस् । यसले गर्दा तपाइकाे छुट्टै परिचय बन्र सक्छ र नयाँ अवसरहरू आउँछन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार