पूर्वसभामुख कृष्णबहादुर महराको सुनुवाइ आज, धरौटीमा छुट्ने सम्भावना

२०७६ पुष ३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पुर्पक्षका लागि जे ल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णयवि रूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदन रिटमाथिको सुनुवाइ आज हुँदैछ ।

उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेको हो । यसअघि महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

अदालतले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ब ला त्का र गर्न खोजेको र प्रतिकार गर्दा हिं सा गरेको अ भियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान देखि थु नामा राख्ने आदेशसम्मको विवरण माग्न आदेश दिएको थियो ।

निवेदनमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले कैफियत प्रतिवेदन दिन आदेश गरेका थिए । कैफियत प्रतिवेदन भनेको अ भियुक्तको जाहेरी देखि थु नामा पठाउने आदेशसम्म को विस्तृत विवरण हो । त्यसबाहेक महाराको मु द्दाको मिसिल पनि इजलासले मगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार