इटहरीमा चिसाेले कठ्यांग्रिएर एकको मृ त्यु

२०७६ पुष २, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इटहरी – केहि दिन यता बढेकाे अत्याधिक चिसाेकाे कारण प्रदेश एकका बिभिन्न जिल्लाहरूमा जनजिवन प्रभावित बनेकाे छ ।

सुगम जिल्लाहरूमा माैसम सफा रहेपनि पहाडी भेगहरूमा तिन दिन यता परेकाे बाक्लाे हुस्सु र सिरेटाेले जनजिवन प्रभावित बनेकाे हाे ।

प्रदेश एककाे उदयपुर , सुनसरी , माेरङ र धनकुटामा दिउसाे माैसम सफा रहेपनि बिहान बेलुका बाक्लाे हुस्सु संगै परेकाे सिराेटाेले चिसाेकाे मात्रा बढाएकाे पाइएकाे छ ।

त्यसैगरी पहाडी भेगहरू तेह्रथुम, खाेटाङ , ताप्लेजुङ , पाँचथर र इलाममा भने अझैपनि हिउ झरेर चिसाेकाे मात्रा बढिरहेकाे सम्बन्धित जिल्लाका सहकर्मिहरूले बताएका छन ।

बिहान र बेलुका बढने अत्याधिक चिसाेले दैनिक कामकाज पनि प्रभावित बनेकाे छ । यसैबिच सुनसरीकाे इटहरीमा चिसाेले कठ्यांग्रिएर एक बटुवाकाे मृत्यु भएकाे छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृतककाे पहिचान नभएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार