बिबादमा तानिइन् उपसभामुख !

२०७६ पुष २, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई मंगलबार सपथ गराइन् । जुन बिबादित बनेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

संविधान, प्रतिनिधिसभा ऐन र नियमावलीमा सभामुख या सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रतिनिधिसभा सदस्यलाई सपथ गराउन सक्ने व्यवस्था छ । कानुनविद् एवम् राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले उपसभामुख तुम्बाहाङ्फेले सपथ गराउनु असंवैधानिक कदम भएको टिप्पणी गरे ।

कतिपयले भने सभामुख नभएको बेला उपसभामुखले सपथ गराउनु जायजभएको टिप्पणी गरेका छन् । नयाँ सभामुख चयनका लागि उनलाई नेकपाले उपसभामुखबाट राजीनामा गराउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार