sajalsandesh
Post Top Ads

पाठेघरबाट निकालियो पाँच किलोको ट्युमर

Post Second Ads

जलेश्वर – जलेश्वर अस्पतालमा चिकित्सकहरुको एक टोलीले मंगलबार एक सफल शल्यक्रिया गरी पाँच किलोको ट्युमर निकाल्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा जलेश्वर अस्पतालमा भइरहेको निःशुल्क शल्यक्रिया शिविरमा नेपाली सेनाका डा. सुमना थापाको नेतृत्वको टोलीले पाठेघरमा रहेको पाँच किलोको ट्युमर निकाल्न सफल भएको हो ।

Post Middle 1 (250×250)

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडानं. ३ खखना बस्ने ६२ वर्षिया काशी देवीको पाठेघरमा रहेको ट्युमरलाई नेपाली सेनाको चिकित्सीय टोलीले सफलता पूर्वक ट्युमर निकालेको हो ।

Footer 2

डा. सुमना थापाले डेढ घण्टाको सफल शल्यक्रियापश्चात आफुहरुको टोलीले सो ट्युमर निकाल्न सफल भएको बताउनुभयो । उहाँले नेपाली सेनाले अहिलेसम्म गरेको छ वटा वृहत निःशुल्क शिविरहरुमध्ये पहिलोचोटी यस्तो ठुलो ट्युमर निकाल्न सफल भएको जानकारी दिनुहुदै शल्यक्रिया पश्चात विरामीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Post Lasts Ads

Comments are closed.