सीके राउतलाई राष्ट्रियसभामा लैजाने नेकपाको तयारी !

२०७६ पुष २, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ ।

कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदै छ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरिसकेको छ ।

१९ मध्ये २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पु¥याइने ४ जनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी या राजपासँग गठबन्धन बनाएमा कम्तीमा दुई जना सदस्य नेकपाले तोकेको व्यक्ति हुनेछन् । राजपा र समाजवादीबीच गठबन्धनको सम्भावना नरहेकाले पनि नेकपाको दुई मधेसकेन्द्रित समूहमध्ये एउटासँग चुनावी तालमेल हुने स्थिती बनेको छ ।

२ नम्बर प्रदेशमा नेकपासँग मतको भार ३०१०, राजपासँग २२०० र समाजवादीसँग २४०० रहेको छ । यी तीनमध्ये दुई एकातिर हुनेवित्तीकै एकीकृत पक्षले चारमा चारै स्थानमा जित्ने स्थिती छ ।

दुई–दुई स्थान लिने गरी भागबन्डा भएपनि नेकपाले एक स्थानचाहिँ सीके राउतलाई दिने संकेत देखिएको छ ।

पश्चिमी इच्छा र योजनाअनुरुप नेपालमा क्रियाशील सीके राउत र नेकपाबीचको गठबन्धन निकै रहस्यमयी मानिन्छ ।

यो समाचार आजको घटना र विचार साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार