sajalsandesh

वडा कार्यालयले गाई-भैंसी मरेको पनि शुल्क उठाउछ !

नवलपरासी – नवलपरासी सुस्ता पूर्वमा पर्ने कावासोती नगरपालिका–१४ का ध्रुब कुमार श्रेष्ठको गाई म रेपछि इन्स्योरेन्सको पैसा दाबी गर्न गए ।
इन्स्योरेन्स कम्पनीले वडा कार्यालयको सिफारिस आवश्यक पर्ने बतायो । त्यसपछि उनी सिफारिसको लागि वडा कार्यालय पुगे ।

उनलाई वडा कार्यालयले सिफारिस त बनाइदियो तर, त्यसबापत नगरपालिकाले १५ सय रुपैयाँ लियो । गाई म रेको सिफरिसको पनि त्यति धेरै शुल्क लिएपछि श्रेष्ठ अचम्ममा परे ।

त्यस्तै कावासोती–१४ कै संगीता तिमिल्सिनासँग पनि भैँसी म रेको सिफारिस बनाए बापत वडा कार्यालयले १२ सय रुपैयाँ लिएको छ । यसरी वडा कार्यालयले एउटै सिफरिसको लागि अलग ब्यक्तिबाट अलग–अलग रकम असुलेको छ । पशुको मृ त्युभएको प्रमाणित गर्ने सिफरिसको लागि वडा कार्यालयले मुचुल्का र सिफरिस शीर्षकमा एक जनाबाट १२ सय र अर्को व्यक्तिबाट १५ सय रुपैयाँ शुल्क लिएको छ ।

देश संघीय शासन प्रणालीमा गएसँगै देशले ठूलो फड्को मार्ने आम अपेक्षा थियो । तर, त्यसको ठीक विपरित भएको छ । स्थानीय तहले विभिन्न शीर्षकमा लिने कर र शुल्कले आम नागरिकहरु झन समस्यामा परेका छन् ।

ismt college
dish home