पोखरा पल्टनले लिग चरणको दोस्रो खेलमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै

२०७६ पुष १, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाेखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ ।

पोखरा पल्टनले लिग चरणको आफ्नो दोस्रो खेलमा चितवन राइनोजसंग प्रतिस्पर्धा गर्ने लागेको हो । पोखरा क्रिकेट रंगशालामा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ । साविक विजेता पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन चाहन्छ ।

चितवन पनि उपाधि जित्ने लक्ष्य भएको टीम हो । शरद भेषवाकर कप्तानीको पोखराले पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई पराजित गरेको थियो ।

पोखरा पहिलो संस्करणको उपाधि विजेता समेत हो । गत संस्करणमा चितवनलाई फाइनलमा पराजित गर्दै पोखराले उपाधि जितेको थियो । चितवनको नेतृत्व राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार