पाथिभरा माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस (२०७६/०६/१०)

२०७६ आश्विन १०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

आज २०७६ असोज १० गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेम जीवन सबल र सफल रहने छ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्ने छ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आफ्नो विचार विपरित निर्णय हुनेछ । पेशागत समस्या आउँला । स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । पारिवारिक सद्भाव बढ्ने छ । विद्याबाट विशेष लाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । नियमित खर्च समेत बढ्ने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अचल सम्पत्ति हात पर्ने योगछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । कूतनीतिक नियोगको सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा शंका उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउँला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक सुख मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । पुनर्मिलनको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथीभाइसँग समय बित्ने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । रमाईलो यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । मुद्धा मामिलामा सफलता पाइने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । वैदेशिक कार्य अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार