sajalsandesh

सडक दुर्घटनालाई पनि हवाई दुर्घटनाजस्तै छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घ’टना घटा’उने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन्।

पछिल्लो समय सडक दुर्घ’टना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह तथा भौतिक मन्त्रालयका पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवासमा बोलाएर त्यस्तो निर्देशन र्दिएका हुन्।

गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ तथा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई प्रधानमन्त्रीले संयुक्तरुपमा निर्देशन दिएका हुन्।

भावुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दु’र्घट’नामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटा’उने गरी सडक नियम पालना गराउन निर्देशन दिए। यो खबर आजको नागरिक दैनिकमा छ ।

ismt college
dish home