sajalsandesh

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।

मंगलबार पहिलो खेलमा न्युरोड टिम एनआरटी र सरस्वतीबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको साढे १२ बजे सुरु हुनेछ ।

यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा दिउँसो साढे २ बजे भिडन्त हुने छ । एनआरटी गत वर्षका सिजनमा अन्तिममा रहेको थियो ।

गत बर्ष १३ खेलबाट पुलिस १९ अङ्क सहित छैटौं भएको थियो । शेर्पा १७ अङ्क बटुल्दै सातौं भएको थियो ।

ismt college
dish home