sajalsandesh

विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ आज लिने

काठमाडौं – उपनिर्वाचनबाट सांसद पदको लागि निर्वाचित भएकी विद्या भट्टराई अधिकारीले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएकी छिन् ।
उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा बिहान ११ बजे शपथ ग्रहण गर्नेछिन्।

सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लागेकी हुन् । संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्‍यवस्था छ।

तत्कालिन सांसद तथा साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलीकोप्टर दुर्घ टनामा नि धन भएपछि उनलाई कास्की २ बाट उपनिर्वाचनमा सांसद पदको लागि उम्मेदवार बनाइएको थियो । उनी प्रमुख प्रतिद्वन्दी लाई भारी मतले अन्तर पार्दै सांसद पदको लागि निर्वाचित भएकी हुन् ।

ismt college
dish home