नेकपाकै नेताहरुले भने–’सरकार एकातिर, पार्टी अर्कातिर !’

२०७६ पुष १, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यहरुले जनताको खास समस्या सम्बोधन गर्ने विषयमा मौनता साधेको भन्दै सरकारको आलोचना गरेका छन्।

अध्यक्षद्वयको प्रतिवेदन र महासचिवले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथिको छलफलमा सोमबार बोल्ने अधिकांश सदस्यले सरकारले ठूल्ठूला योजना ल्याएपनि जनताको सवाल जोडिएका विषय सम्बोधन गर्न नसकेको बताएका हुन्। ‘पोहोर असारमै बसेको स्थायी समिति बैठकले सरकारको कामबारे समीक्षा गर्ने छुट्टै बैठक बस्ने निर्णय गरेको थियो, तर न सरकारको काम राम्रो भयो, न हामीले समीक्षा गर्ने मौका पायौं,’ अधिकांश केन्द्रीय सदस्यले भने-‘सरकार जनतासँग जोडिएन।’

बैठकमा नेताहरुले सरकारको छुट्टै कार्यक्षेत्र भए पनि पार्टीको नीति र निदेशनबाटै चल्नुपर्नेमा त्यसको हुन नसकेको बताए। ‘सरकार पार्टीको योजना र नीतिका आधारमा चल्नुपर्ने हो’ स्थायी समिति सदस्यहरुको भनाई उद्धृत गर्दै नेता युवराज ज्ञवालीले भने-‘अहिले सरकार एकतिर पार्टी अर्कातिर जस्तो भयो, यसलाई सच्याउनुपर्छ।

उनीहरुले सरकारले गरेका कतिपय राम्रा र महत्वपूर्ण काम पनि जनताले अनुभूत गर्न नसकेको टिप्पणी गरे। उनीहरुले मन्त्रीहरुको नियुक्ति र बर्खा स्तीको कारण दिन आग्रह गरेका छन्,’ यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार