युवा व्यवासायी : जसले नेपालमा सम्भावना देखेर विदेश जाने मोह त्यागे

२०७६ मंसिर २९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – दैनिक १५ सय युवा वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्यांकले देखाउँछ । अझ यो तथ्यांक अपुग हुनसक्छ किनकि भारतमा रोजगारीका लागि जाने जमातको लेखाजोखा छैन ।

भनिन्छ करिब ७० लाख नेपाली युवा अवसरको खोजीमा विदेशी भूमिमा छन । विदेशिनेमा दक्ष र अदक्ष दुवै प्रकारका युवा जनशक्ति रहेको तथ्यांकले देखाउँछ ।

विदेशिने युवाहरुको भिडबाट आफुलाई टाढा राख्दै नेपालमै केहि गर्न सकिन्छ भन्ने बिश्वासका साथ् कर्म गरिरहेका केहि युवा पनि छन् । ति थोरै युवाहरु मध्येमा पर्छन उमेरले २४ औ बसन्त पार गरेका दमक ४ निवासी रोमन नेपाल ।

आफुसंगैका साथि कोहि जापान त, कोहि अस्ट्रेलिया गएका छन् । उनलाई पनि विदेशिने हुटहुटिले नछोएको भने होईन । तर सधै समय र परिस्थिति आफु अनुकुल कहा हुन्छ र ? त्यहि माथि परिवारका एक्ला सन्तान । यहि केहि गर्नुपर्छ भन्ने पारिवारिक दबाब त हुनेनै भयो ।

उनि भन्छन – ‘पारिवारिक दबाब मात्र होईन । विदेशमा पनि पैसा फल्ने बोट हुदैन, कठिन संघर्ष र जीवनको कहालीलाग्दो समय पार गर्नुपर्छ पैसाका लागि । भनेपछि त्यही काम हामी यहाँ किन नगर्ने ? ‘ –

कसरी यस्तो चेत आयो त ? ‘उमेर संगै आएको चेत होला’ उनि भन्छन – दमकमा सुरु गरेको पुस्कालयले गति लिदै थियो । मेरो पढाई सकिएपछि दमक फर्किए ।

ज्ञानकला नामलाई ब्राण्ड बनाउनुपर्छ भन्ने सोच आएर ज्ञानकला पुस्तकालयका साथै ज्ञानकला ट्युसन तथा भाषा सेन्टर र ज्ञानकला चिल्ड्रेन स्कुल सुरु गरियो ।

पढाईमा उनले सुचना प्रबिधि बिषयमा स्नातक गरेका छन् ।

आफ्नो पढाई र भोगाई फरक पर्यो नि भन्ने प्रश्नमा उनि भन्छन – ‘पढाईले व्यवसायलाई व्यवस्थित गरेको छ, सुचना प्रबिधि जुनै क्षेत्रमा आवश्यक छ । आफुले पढेको बिषयले व्यवासायलाई निकै ठुलो सहयोग पुर्याएको छ ।’

हातमा पासपोर्ट भएर पनि विदेशिने रहर मेटेका नेपालले संचालन गरेको ज्ञानकलामा भाषा सिकेका अधिकांश बिद्यार्थीले लोकसेवा परीक्षा, कोरियन भाषा परीक्षा (ईपिएस) र जापानी भाषाको परीक्षा उर्तिण गरेपछी पुर्वाकै उत्कृष्ट अध्ययन संस्था हुन पुगेको छ ।

लोकसेवाको तयारी गरिरहेका बिद्यार्थी

 

ज्ञानकला बिद्यार्थीको पहिलो रोजाईमा पर्न सफल रहेको उनको ठम्याई छ ‘हामीले कक्षा ८ देखि माथिका सबै बिषयको ट्युसन पढाई गर्छौं नतिजा पनि उत्कृष्ट आउने गरेको छ त्यसैले हामि बिद्यार्थीको पहिलो रोजाईको ट्युसन सेन्टर भएका छौ ।’

छोटो समयमा नै व्यवासायीक फड्को मार्न सफल नेपालले हालसालै विदेश पढ्न जान चाहानेका लागि ‘स्टेप टु सक्सेस’ नामक शैक्षिक परामर्श केन्द्र संचालनमा ल्याएका छन् ।

कम्पुटर र ईन्टरनेटमा राम्रो दख्खल राख्ने उनि सामाजिक संजालबाटै आफ्नो व्यवसायको प्रचार गर्छन ।

पहिला दमक क्षेत्रमा मात्र सिमित व्यावसाय उनले सम्हालेपछी केरखा, गौरादह, उर्लाबारी, धरमपुर लगायतका क्षेत्रबाट बिद्यार्थी ट्युसन पढ़न तथा भाषा सिक्न आउने गरेका छन् ।

तर व्यवसाय गर्न सजिलो नभएको उनको तर्क छ, भन्छन – व्यवासाय गर्न लगनशीलता अनिबार्य छ । दिनको १४ घण्टा खटिरहेको छु । तर भित्रै देखिको ईच्छाशक्तिका कारण अहिले सम्म उर्जाका साथ काम गरिरहेको छु । ‘

व्यवासाय गर्दा अरुको लहिलाहिमा लागेर भन्दा पनि आफ्नो अन्तर हृदयको चाहना बुझेर व्यवासाय गर्न उनको सुझाव  छ ।

व्यवासयमा जे जस्तो झन्झट बेहोर्नुपरे पनि ज्ञानकलालाई उनले सोचे जस्तै एउटा ब्राण्डका रुपमा अगाडी ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार