sajalsandesh

बैठक बहिष्कार गरेर पाथिभरा दर्शन गर्न पुगे रामचन्द्र पौडेल

काठमाडौं – नेपाली कांग्रेसभित्र विवाद बढ्दै गएको छ । सभापति शेरहादुर देउवासँग विवाद बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय समितिको बैठक बहिष्कार गरेर पाथीभरा दर्शनका लागि गएका छन् ।

देउवाले बिधानविपरीत विभागहरु गठन गर्न लागेपछि विवाद ढेको हो । केहीबेर अघि कांग्रेसका महामन्त्री डा.शशांक कोइरालानिवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधिले सहमतिका लागि छलफल गरे पनि उक्त छलफलले पनि सहमति जुटेन। पौडेल पक्षका नेताहरुले महाधिवेशनको कार्यतालिका पहिले ल्याउनुपर्ने माग राखेका छन्।

उपसभापति निधिसँग छलफल गरेका महामन्त्री कोइरालाले वरिष्ठ नेता प्रकाशमान सिंहसँग छलफल गरेका थिए। दुई नेताको छलफलपछि पौडेल समुह केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने सहमति भएको थियो ।

बिहीबारको बैठक बहिष्कार गरेका पौडेल पक्षलाई फकाउन शनिबार बिहानै सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुगेका थिए। त्यहाँ पनि पौडेलले पुरानै अडान राखेपछि छलफल बिनानिष्कर्ष टुंगिएको थियो।

त्यसलगत्तै उपसभापति निधिले पौडेल पक्षका नेता प्रकाशमान सिंहलाई उनकै निवासमा भेट गरेका थिए। सिंह निवासको भेटले पनि सहमति नजुटेपछि आइतबार बिहान उपसभापति निधिले महामन्त्री डा. शशांक कोइराला निवास महारागञ्ज पुगेर छलफल गरेका थिए।

ismt college
dish home