नेपालगञ्जमा करेन्ट लागेर बालकको मृ,त्यु

२०७६ मंसिर २९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । नेपालगञ्ज–२१, बिर्तागाउँमा करेन्ट लागेर १३ वर्षीय बालक कमलेश कोरीको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका हजुरबुवालाई खाना दिएर फर्किएका बालकलाई करेन्ट लागेको थियो । टुफेस तार रहेको पोल ढलेको र त्यही तारलाई बालकले छोएपछि घटनास्थलमै मृत्यु भएको थियो ।

पोल ढलेपछि विद्युत कार्यालयमा फोन गरेर विद्युत काट्नु पर्नेमा त्यो सावधानी नअपनाउदा बालकको ज्यान गएको छ । यसैबीच, नेपालगञ्जको मंगलबार अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । सल्यानी बंगालाछेउमा लडिरहेका ती व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार