sajalsandesh

बृहस्पति ग्रह अस्त र शुक्र ग्रहले राशि परिवर्तन गर्दै, सचेत रहन ज्योतिषहरुको आग्रह

काठमाडौं – केही ग्रहरुले राशि परिवर्तन गर्ने भएकाले अबको केही समय सचेत रहनुपर्ने ज्योतिषहरुले बताएका छन् । विचित्रको खगोलीय घटना भएकाले यस बेला दुःखद् घटना हुने भएकाले सचेत रहनुपर्ने ज्योतिषहरुले बताएका छन् ।

शनिबार रातिबाट बृहस्पति ग्रह अस्त भएको र आइतबार साँझबाट शुक्र ग्रहले पनि राशि परिवर्तन गर्ने भन्दै यसलाई ज्योतिषशास्त्रअनुसार विचित्रको खगोलीय घटनाको रुपमा लिइन्छ । यसबेला दुर्घटना बढी हुने ज्योतिषहरुको भनाइ छ ।

ज्योतिष सुनील सिटौला भन्छन्, ‘ गत रातिबाट वृहस्पति ग्रह अस्त भएको र अहिले सांझबाट शुक्र ग्रह पनि राशी परिवर्तन गर्दै छ। यो अली बिचित्र खगोलिय घटना भएको हुनाले ज्योतिष शास्त्रको As Above, So Below सिद्धान्त अनुसार आज Below मा अली बिचित्र दु:खद घटनाहरु बढी घटेको देखिन्छ।’

ismt college
dish home