

काठमाडौं – आज चर्चित नायिका विपना थापाको जन्मदिन परेको छ । आज मंसिर २९ गते आफ्नो जन्मदिन परेको बारे नायिका विपना थापाले सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरु राख्दै जानकारी गराएकी छिन् । चलचित्र जन्मभुमीबाट नेपाली चलचित्रमा पाइला टेकेकी नायिका विपनाले हालसम्म धेरै चलचित्रमा अभिनय गरेकी छिन्।
पछिल्लो समय उनी चलचित्रमा नदेखिएपनि सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् । हाल भारतमा रहेकी उनी अहिले आफ्नो परिवारसँग रमाइरहेकी छिन् । उनले हालसम्म अप्सरा, आगो, मितिनी,सहिद गेट, मामा भान्जा जस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।

Comments are closed.