sajalsandesh

पूर्वराजा ज्ञानेन्द्र साताब्यापी भ्रमणका लागि पूर्वक्षेत्रमा जाँदै, स्वागतको भब्य तयारी

काठमाडौ – पश्चिम् नेपालको एतिहासिक भ्रमण पशचार पूर्वराजा ज्ञानेन्द्र शाह साताब्यापी भ्रमणका लागि फेरी पूर्वक्षेत्रमा जाने भएका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा व्यक्तिगत भ्रमण र भेटघाटमा हिडिरहेका पूर्वराजा शाह प्रदेश नम्वर १ र २ को भ्रमणमा निस्कने भएका छन् ।

सोही क्रममा पुर्वराजा शाह पौष २ पुस झापाको दमक जादैछ्न । पश्चिम् नेपालको भ्रमणका क्रममा उल्लेखनीय रूपमा जनताको लहर छाएको थियो । पुर्वी क्षेत्रमा पुर्वराजाको भ्रमणको जानकारी पाएसङ्गै उनको स्वागतको तयारी भएको छ । लामो समयपछि उनको भ्रमण हुने खवरले पुर्वी नेपालमा नागरिकहरु हौसिएका छ्न ।

राजाको भ्रमणलाई सफल बनाउन शिव सेना नेपालले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ भने विभिन्न राजावादी र हिन्दुवादी पनि तम्तयार जुटेका छ्न । ‘पुस २ विहान ११ बजे भद्रपुर झापामा शिवसेनाका सवै नेता कार्यकर्तालाई उपस्थित हुन शिव सेना नेपालले निर्देशन समेत दिएको छ ।

पूर्वराजा २ गते ११ बजे भद्रपुर झापा पुग्नेछन् । उनलाई स्वागत गर्न स्थानीय र शिवसेनाले तयारी गरेको छ । भ्रमणको क्रममा उनले केही धार्मिकस्थल र मन्दिरहरुमा दर्शन तथा पूजा गर्नुका साथै आमनागरिकसँग भेटघाट र अन्तरक्रिया गर्ने भएका छन् । उनको साथमा पुर्वरानी कोमल शाहको समेत सहभागीता हुनेछ ।

ismt college
dish home