यस्ता भ्रम जसले तपाईलाई अगाडी बढ्नबाट राेकिरहेका छन्, जान्रुहाेस् !

२०७६ आश्विन ९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एजेन्सी – हामी धेरैजसाे समय भ्रममै बाँचिरहेका हुन्छाैँ । ती भ्रमहरूले हामीलाइ खुलेर बाच्नबाट राेकिरहेका हुन्छन् । हाम्राे गतिमा अवराेध बनेर खडा भइरहेका हुन्छन् । भ्रमहरूलाइ चिर्नुहाेस्, खुलेर बाच्नुहाेस्, आफ्नाे गतिलाइ लय दिनुहाेस् ।

यस्ता भ्रम जसले तपाइलाइ अगाडी बढ्नबाट राेकिरहेका छन्

म केही गर्न चाहान्छु, तर बाटाे पाइरहेकाे छुइन

हामी मध्ये अधिकाँश केही गर्ने साेचमा छाैँ तर केही गरिरहेका भने छैनाैँ । आफुले भने जस्ताे काम पाइएन, भनेजस्ताे वातावरण छैन या यस्तै अनेक बाहानामा हामी यत्तिकै भाैतारी रहेका छाैँ । तर ठुलाे सपना पुरा गर्नकाे लागी सबैकुरा तपाइले चाहेजस्तै तपाइकाे अगाडी आउँदैन । आफ्नाे अगाडी जे आउँछ, त्यसलाइ अवसरमा परिणत गरेर त्यसलाइ आफुले चाहेजस्ताे बाटाेमा लैजाने हाे । केही गर्ने चाहमा खाली नबस्नुहाेस्, केही न केही गर्नुहाेस् । एकै ठाउँमा उभिएर नबस्नुहाेस् । हिड्दै, बाटाे बनाउँदै जानुहाेस् ।

कम तलबमा काम गर्नु हुँदैन

पढाइ पुरा गरेपछी हामी जागीर खाेज्न हिड्छाैँ । त्यसक्रममा हामीले जागिर भन्दा पनि तलब कति छ भन्रे कुरालाइ महत्व दिन्छाैँ । तपाइलाइ एकैपटक तपाइले चाहे जति तलब करैले पनि दिदैँन । त्यसैले कयाैँ युवाहरू पढाइपछी बेराेजगार भएर बसिरहेका हुन्छन् । यस्ताे अवस्थामा तपाइ निराशामा पनि जान सक्नुहुन्छ । त्यसैले तपाइले पहिले कामलाइ प्राथमिकता दिनुहाेस् । जब तपाइकाे नेटवर्क बढ्छ, जब तपाइमा कामकाे अनुभव बढ्दै जान्छ तपाइकाे अगाडी थुप्रै अवसरहरू आउन थाल्छन् ।

म सँग स्राेत छैन

हामी आफुसँग भएका कुरामा भन्दा आफुसँग नभएका कुरामा बढी केन्द्रित हुन्छाैँ । हामी दुखी बन्रुकाे मुख्य कारण पनि यही हाे । आफुसँग भएका कुराहरूमा केन्द्रित हुनुहाेस् । तपाई ति कुरामा नै आफ्नाे लागी स्राेत भेट्नुहुनेछ । जब ती स्राेतकाे उपयाेग गर्दै अगाडी बढ्नुहुनेछ, तपाइसँग नभएका र तपाइले चाहेका अन्य स्राेत पनि बिस्तारै तपाइसँग आउन थाल्छन् ।

ठुलाे काममा हात हालेर घाटा व्यहाेर्नु भन्दा सानाे काममै रमाएर बस्नु बेस

एकै वर्ष खाजा पसल सँचालन गरेका दुइ व्यापारीलाइ २० वर्ष पछी हेर्दा एउटा पसले खाजा पसललाइ केही बढाएर लजसम्म पुगेकाे हुन्छ भने अर्काे पसले रेष्टुरेन्ट चेनकाे मालिक बनेकाे हुन्छ, आफ्नाे रेष्टुरेन्टकाे एउटा ब्रान्ड स्थापित गर्न सफल हुन्छ । त्यसैले डरमा रहेर आफ्नाे लक्ष्यलाइ सिमित बिन्दुमा राेक्नु हुँदैन । सफलता भनेकाे एउटा बिन्दु हाेइन, निरन्तर यात्रा हाे । र, त्याे यात्रा भित्र घाटा , जाेखिम, असफलता सबै मिसिएका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार