sajalsandesh
Post Top Ads

किन रोकियो विद्या भट्टराईको सपथ ?

Post Second Ads

काठमाडौं – गत मंसिर १४ मा देशका ५२ ठाउँमा उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर–२ बाट निर्वाचित नेकपाकी उम्मेदवार विद्या भट्टराईको सपथ रोकिएको छ । संघीय संसद सभामुख विहिन भएकोले संविधानको धारा ८८ अनुसार नै कास्की–२ बाट निर्वाचित विद्या भट्टराईको पद तथा गोपनीयताको सपथ रोकिएको हो ।

उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले पद तथा गोपनीयताको सपथ लिइसकेका छन् । नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन सपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ । यसबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख छ ।

Post Middle 1 (250×250)

‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम सपथ शपथ लिनुपर्ने छ,’ धारा ८८ मा उल्लेख छ ।

Footer 2

संसदका सदस्यलाई सभामुखले सपथ ग्रहण गराउने ब्यवस्था छ प्रतिनिधिसभाका सहायक प्रवक्ता दशरथ धमलाका अुनसार सभामुख चयनपछि नै विद्या भट्टराई अधिकारीको सपथ ग्रहणको प्रक्रिया अघि बढ्नेछ ।

Post Lasts Ads

Comments are closed.