sajalsandesh

सांसद विद्याको घरमै पुगेर मन्त्री भट्टराईले दिए शुभकामना तथा बधाई !

पोखरा- भरखरै कास्की २ -बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईलाई पर्यटनमन्त्री योगेश भट्राईले शुभकामना तथा बधाई दिएका छन् ।

उनले सांसद भट्टराईकै घरमा गएर बधाई तथा शुभकामना दिन पाउँदा खुसि लागेको बताएका छन् । आज फेसबुकमा एउटा स्टाटस् पोस्ट गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री भट्टराई विद्यालाई भेट्न उनकै निवास मालेपाटन पोखरा पुगेका थिए ।

उनले फेसबुकमा लेखेका छन,- “कास्की क्षेत्र नं २ मा हालै सम्पन्न भएको उप निर्वाचनमा बिजयी माननीय बिद्या भट्टराईजीलाई पोखरा मालेपाटन स्थित वहाँकै निवासमा भेटर बधाई र शुभकामना ब्यक्त गर्न पाउदा खुशी लागेको छ ।”

ismt college
dish home