sajalsandesh

पूर्व राजा एक्कासी किन आउने भए झापा ?

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह देश भ्रमणको क्रममा केही दिनका लागि पूर्व क्षेत्र आउनु हुने भएको छ । पूर्वराजा शाह आउँदो पुस २ गते झापा आउनु हुनेछ ।

केही साताको बसाईको क्रममा उहाँ पूर्व क्षेत्रका जिल्लाहरुको भ्रमणमा जाने उहाँका प्रेस सल्लाहकार डा. फणि पाठकले जनाउनुभयो । पूर्वका विभिन्न जिल्लाको भ्रमणको क्रममा उहाँले केही धार्मिकस्थल र मन्दिरहरुमा दर्शन तथा पूजा गर्नुका साथै आमनागरिकसँग भेटघाट गर्ने बुझिएको छ ।

ismt college
dish home