sajalsandesh

फिफा महिला फुटबलको वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौँ – फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा फिफाको महिला फूटबलले तीन स्थान सुधार गरेको हो । यसअघि १०० औं स्थानमा रहेको नेपालले तीन स्थान सुधार गर्दै नयाँ वरियताको ९७ औं स्थानमा उक्लिएको हो ।

अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौथो र स्विडेन पाँचौ स्थानमा रहेका छन् ।

एसियाली खेलकुद राष्ट्रमा भने नेपाल २१ औं स्थानमा रहेको छ भने दक्षिण एसियाको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । दक्षिण एसियाका भारत ५७ औं, बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३८ औं र भुटान १५० औं स्थानमा रहेको छ ।

ismt college
dish home