बाबुराम भट्टराईलाई ड्राइभिङ सिकाउनु पर्ने भन्दै रेखा थापाको यस्तो झटारो

२०७६ मंसिर २८, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेताको खोजी गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भए पछी अहिले यसको निकै चर्चा बढेको छ । रवि लामिछानेले चलाउनेले यस कार्यक्रम रियालिटी शोमा निर्णायक मण्डलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशील कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहनेछन् ।

अहिले यसै कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा बिभिन्न नकरात्मक र सकरात्म दुबै प्रतिक्रियाहरु आइरहेको छन् । यसैक्रममा यस कार्यक्रममा समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई निर्णायक बन्ने भएपछी सामाजिक सञ्जालमाचर्चित नायिका रेखा थापाले पनि डा भट्टराई तर्फ निशाना गर्दै एक स्टाटस लेखेकी छिन् ।

उनी लेख्छिन् – बाबुराम भट्टराई लाई ड्राइभिङ सिकाउने मेसो गर्नु पर्‍यो, सधैं सहायक हुने आदत परेको छ । यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने, नभए नेकपामा सम्मानित भएर बस्दा कसो हुदो हो?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार